HomeFeatureमुख्यमन्त्री ममता बनर्जीको नानीहरु प्रतिको मोह, पोलियो थोपा खुवाउनुका साथै न्यानो कपडा...

मुख्यमन्त्री ममता बनर्जीको नानीहरु प्रतिको मोह, पोलियो थोपा खुवाउनुका साथै न्यानो कपडा वितरण

दार्जीलिङ, 21 जनवरी/ कयेश अंसारी
दार्जीलिङ पहाडको 3 दिने भ्रमणमा रहनु भएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज साना नानीहरु प्रति माया दर्शाउनु भएको छ ।  रिचमण्ड हीलबाट निस्किएर मुख्यमन्त्रीले मल रोडमा नानीहरूलाई पोलियो थोपा खुवाउनुभयो भने उनिहरूलाई न्यानो कपडा पनि वितरण गर्नुभयो।

मुख्यमन्त्री बनर्जी नागरिकता सम्बन्धि विभिन्न कानूनहरुको विरोध ऱ्यालीहरू प्रदर्शन गर्न र नेताजी सुभाष चन्द्र बोसको जन्म-जयन्ती समारोह मनाउन दार्जिलिङ पुग्नुभएको हो। मुख्यमन्त्री बनर्जीले भोली नागरिकता संशोधन कानून (CAA), आसाम सरकारले लागु गरेको राष्ट्रीय नागरिकता पंजीकरण (NRC) र नागरिकता जनसंख्या पंजीकरण (NPR) को विरोधमा रैली गर्नु हुनेछ । भानु भवनबाट रैली निस्कने छ भने टाउनको परिक्रमा गर्दै मोटर स्टेशनमा पुगेर समापन हुनेछ ।  उहाँले बिहीवार दार्जीलिङको मलमा आयोजित हुने नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती समारोहमा पनि सहभागिता जनाउनु हुनेछ।


मुख्यमन्त्री ममता बनर्जीले केन्द्र सरकारले लागु गरेको नागरिकता संशोधन कानून (CAA), आसाम सरकारले लागु गरेको राष्ट्रीय नागरिकता पंजीकरण (NRC) र नागरिकता जनसंख्या पंजीकरण (NPR) को विरोध गर्दै आउनु भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...