HomeFeatureविराटनगरमा एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)-को प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा...

विराटनगरमा एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)-को प्रधामन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रुपमा उद्घाटन

मोरङ्ग, 21 जनवरी 2020

मोरङको विराटनगर महानगरपालिका बुधनगरमा बनेको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को प्रधामन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ।…..मंगलबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले सिंहदरवारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट एकैसाथ स्वीच थिचेर आईसीपी उद्घाटन गर्नुभएको हो।

 

भारतको सहयोगमा निर्माण भएको आईसिपी उद्घाटन सँगै यसको स्वामित्व नेपालसँग आएको छ। आईसिपी सुचारु भएसँगै निर्यात लागत घट्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताउनुभयो। पार्किङ स्थल, जाँच पोष्टसहितका सेवाहरु एकै ठाउँबाट उपलब्ध हुने भएपछि आयात र निर्यातकर्तालाई सहज हुने उहाँको भनाई छ। मन्त्री भट्टले सुख्खा बन्दरगाहको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न ११ गते अध्ययन टोली त्यसतर्फ जाने बताउनुभयो । हेटौडा देखि वीरगञ्जसम्मा सुख्खा बन्दरगाहको अध्ययन गर्ने र भैरहवा औद्योगिक क्षेत्रको पनि अध्ययन गरी तत्काल देखिएका समस्याहरु निराकरण गरिने उहाँले बताउनुभयो। मन्त्री भट्टले सुनौली, नेपालगञ्ज लगायतका ठाउँमा पनि आईसीपी निर्माणका लागि योजना अगाडी सारिएको बताउनुभयो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आईसीपी निर्माणपछि खर्च व्यवस्थान हुने र सामानको सुरक्षामा सहयोग पुग्ने बताउनुभयो। कम मूल्य मै आवश्यक वस्तुहरु आयात निर्यात गर्न सकिने धारणा राख्दै श्रेष्ठले नेपालगञ्ज लगायतका क्षेत्रमा पनि छिटो निर्माण भए सबैतिर सुलम मूल्यमा मालसामान पुग्ने बताउनुभयो। आईसीपीबाट नेपाल र भारत दुबै देशले फाइदा लिन सक्ने बताउनुहुँदे उहाँले नीति क्षेत्रका तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नुभयो।

सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने विभिन्न क्षेत्रहरुमा आइसीपी निर्माणको सहमति भएको थियो। उक्त सहमति अनुसार वीरगञ्जमा दुई वर्ष अघि नै आईसीपी निर्माण भइसकेको छ। मंगलबारबाट विराटनगरमा निर्माण भएको आइसीपी सञ्चालनमा आएको छ। अब भैरहवा र नेपालगञ्ज नाकामा निर्माण गर्न बाँकी रहेको छ।

नुवाकोट र गोरखामा निर्माण भइरहेका ५० हजार निजी आवासको काम छिट्टै सकिने पनि भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको छ। भूकम्पपछिको पुनर्निमाणमा ५० हजार निजी आवास निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने योजना अनुसार अहिलेसम्म ४५ घर निर्माण भएका छन्। प्रधानमन्त्री ओलीसँग मंगलबार भिडियो कन्फ्रेन्समा भएको वार्ताका क्रममा ती घरहरु छिट्टै नेपाललाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...