HomeFeature६८ औं भन्सार दिवसको उपलक्ष्यमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरियो

६८ औं भन्सार दिवसको उपलक्ष्यमा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरियो

काठमाडौँ , २३ जनवरी
६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार दिवसको अवशरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणबाट सम्पूर्ण व्यवसायीहरुलाई सहयोग पुग्ने नाडाका अध्यक्ष कृष्ण दुलालले बताउनुभयो । सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अगाडि बढाउने लक्ष्य नाडाले लिएको छ । अध्यक्ष दुललाले अहिलेको मुख्य माग भनेको सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताउनुभयो । भन्सारले पनि त्यसलाई महसुस गरि मान्यता दिएको बताउनुभएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सारसँग आम नागरिकको साक्षत्कार हुन नसकेको बताउनुभएको छ । उपत्यकाको उदाहरण दिनुहुदै उहाँले भन्नुभयो, ‘काठमाडौंमा १३ वटा कर कार्यालय छन् । तर एउटा मात्रै भन्सार कार्यालय छ । त्यसैले भन्सारसँग साक्षत्कार हुन सक्दैन् ।’ आम मान्छेहरु नागरिकता लिन, चालक अनुमतिपत्र लिन जानै पर्ने बाध्यकारी अवस्था भएकाले जाने गरेको तर भन्सारको निरीक्षण वा सामान आयात÷निर्यातको हिसाबले नजाने हुँदा त्यहाँको वास्तविक अवस्थाबारे जानकार हुन नसकेको बताउनुभयो । भन्सारका गतिविधि, काम कारवाहीहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने उहाँले बताउनुभयो ।

भन्सार विभागले यो वर्षाबाट मालवस्तुहरुको सही घोषणा अभियान सुरु गर्ने भएको छ । सही घोषणा गर्ने पहिलो अधिकार व्यवसायी र पैठारीकर्ताको भएको बताउँदै महानिर्देशक दाहालले पैठारीकर्ता आफै वा एजेन्ट मार्फत त्यसको जवाफ दिनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...