नयाँ दिल्ली, 23 जनवरी 2020
स्वास्थ्य मन्त्रालयले देशका सात विमानस्थलमा मङ्गलवारसम्म 43 उडानहरूबाट भारत आएका 9, हजार 156 यात्रीहरूमा कोरोना भाइरसको संक्रमणको जाँच गरिएको बताएको छ। उनिहरूको जाँच दिल्ली, मुम्बई, चेन्नई, कोच्चि, हैदराबाद, बैङ्गलुरु र कोलकाता विमानस्थलमा गरिएको हो। स्वास्थ्य सचिव प्रीति सूदनले अहिलेसम्मको जाँचको रिपोर्टमा भाइरस प्रभावित व्यक्ति नभेटिएको बताउनुभयो। उहाँले चीनबाट आउने यात्रीहरूलाई कोरोनाको कुनै पनि लक्षण देखा परे नजिकको सरकारी अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको बताउनुभयो।
यसैबच चीनमा कोरोना भाइरसबाट मर्नेहरूको संख्या 17 पुगेको छ। यस भाइरस संक्रमितहरूको संख्या पनि बढेर साढे पाँच सय पुगेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको लक्षण आम समस्या जस्तो लाग्न सक्ने बताएको छ।









































