नयाँ दिल्ली, 24 जनवरी 2020
दिल्ली विधानसभा निर्वाचनको लागि नामावली फिर्ता लिने आज अन्तिम दिन हो। 70 विधानसभा सिटको लागि 1 हजार 229 उम्मेदवारहरूले नामाङ्कन दर्ता गराएका थिए। नामाङ्कन पत्रहरूको जाँचपश्चात् 698 उम्मेदवारहरूको पर्चा वैध पाएएको छ। यस निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा), आम आदमी पार्टी (आप) र काँग्रेस बीच त्रिकोणीय भिडन्त हुनेछ।
मतदान 8 फरवरीमा हुनेछ र मतगणना 11 फरवरीका दिन हुनेछ। अन्तिम मतदाता सूचीअनुसार यस निर्वाचनमा 1 करोड 46 लाख बढी मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।









































