HomeFeatureसरकारले पार्टीलाई होइन, पार्टीले सरकार चलाउछ : प्रचण्ड

सरकारले पार्टीलाई होइन, पार्टीले सरकार चलाउछ : प्रचण्ड

नवलपुर , २४ जनवरी 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले पाटीलाई होइन, पार्टीले सरकार चलाउने बताएका छन् । जनयुद्धका बेला ‘बन्दुकले पार्टी होइन, पार्टीले बन्दकु चलाउने हो’ भन्ने गरिएको स्मरण गर्दै उनले भने, सत्ताले पार्टी चलाउने होइन । विवेकले सत्ता चलाउने हो ।’

सरकारको २ वर्ष न निराशाजक न उत्साहवर्द्धक भयो भन्नसक्ने स्थिति रहेको उनको टिप्पणी छ ।

नवलपुरमा आयोजित पार्टी प्रशिक्षणमा प्रचण्डले पार्टी कमिटीहरु नहुँदा सरकारका राम्रा कामको पनि प्रचार हुन नपाएको बताए । साथै प्रदेश र स्थानीय सरकार गल्ती कमजोरी सच्याउन पनि पार्टी कमिटीको अभाव भएको बताए ।

स्थानीय सरकारहरुमा राम्रा काम पनि भएको तर अराजकता र अनियमिताको गुनासो पनि आएको बताए । यसको जिम्मा पार्टीले लिनुपर्ने भन्दै उनले भने ‘पार्टीले सरकारलाई नेतृत्व गर्ने हो, सरकारले पार्टीलाई नेतृत्व गर्ने होइन ।’

हरेक कम्युनिस्ट पार्टीको सिद्धान्त नै यही भएको भन्दै उनले सत्ताले पार्टी चलाउन नहुने बताए । पार्टी भनेको विवेक हो, विचार हो, सिद्धान्त हो, आर्दश हो र पार्टीले सरकारलाई आफनो सिद्धान्त, मूल्यमान्यतातिर लान सक्नुपर्छ ।’

‘केही ढिलो भयो तर बिग्रिएको छैन’ भन्दै उनले बाँकी ३ वर्ष पार्टीलाई एकतावद्ध गरेर जनतामा गयौं, जनताका समस्यालाई नजिकबाट समाधान गर्ने, एकाकार हुयौं भने जनतालाई पार्टी्तिर आकर्षित गर्न सकिने धारणा राखे ।

यसका लागि आगामी बजेट बजेट लोकप्रिय ल्याउनुपर्नेमा समेत जोड दिए । ‘पहिलो भन्दा दोस्रो केही अगाडि बढ्यो । अबको बजेट चाहिँ पुरै लोकप्रिय हुनुपर्छ भन्ने हाम्रो मत छ । जनभावनालाई विचार गरेर लोकप्रिय बजेटका रुपमा आउनुपर्छ ताकि पार्टीप्रति जनतालाई फेरि उतसहित गर्न सकियोस्’ उनले भने ।

उनले २ वर्षमा विकास निर्माणका काम युद्धस्तरमा अगाडि बढाउन जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...