काठमाडौँ,२५ जनवरी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी दिए । उनले छलफलको विषय थाहा नभएको बताए । काँग्रेसका एक पदाधिकारीले भने प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएको बताए ।









































