दार्जीलिङ्ग, 25 जनवरी 2020 / कायेश अंसारी
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ शाखाको सांगठनिक सभा सम्पन्न भएको छ। शनिबार गोरामुमो खर्साङ शाखाले पार्टीको भावी रणनीतिको विषयमा खर्साङ शाखाका ५ वटा समष्टिहरुका प्रतिनिधिहरु सहित व्यापक छलफल गरेको छ।
खर्साङ गोर्खा पुस्तकालयमा बसेको सांगठनिक प्रतिनिधि सभा बैठकमा गोरामुमो केन्द्रिय प्रवक्ता महेन्द्र छेत्री, खर्साङ शाखा अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रिय सदस्य पारस गुरुङ, आई.एन. प्रधान, प्रसार-प्रचार सचिव भुपेन गुरुङ, गोरानास प्रतिनिधिहरु, युवा एकाईका प्रतिनिधिहरु, हिमालयन प्लान्टेसन वर्कस युनियनका प्रतिनिधिहरु तथा गोर्खा राष्ट्रिय भुतपुर्व सैनिक संगठनका प्रतिनिधिहरु उपस्थितहरूको उपस्थिती रहेको थियो।









































