HomeFeatureराजपा घेराबन्दीमा :  सरकार निल्नु न ओकल्नु !

राजपा घेराबन्दीमा :  सरकार निल्नु न ओकल्नु !

काठमाडौँ,२७ जनवरी
राजपा नेपालले राष्ट्रियसभाको सदस्यका लागि भएको निर्वाचनमा नेकपासँग चुनावी तालमेल गरेको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घेराबन्दीमा परेको छ । साथै, अगामी दिनमा राजनीतिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।
सोहीअनुसार उपसभामुख पदका लागी राजपा नेपाल र नेकपाबीच बार्गे्निङ चलिरहेको छ ।

राजपा नेपालले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेको छ तर नेकपाले भने उपसभामुखका लागि सत्तासाझेदारी नै गर्नुपर्ने शर्त अघि सारेको छ । उपसभामखु पदमा मात्र नभएर प्याकेजमै सहमति गर्नुपर्ने नेकपाले शर्त अघि सारेको राजपा स्रोतले बताएको छ ।

राजपा नेपाल तत्काल सरकारमा सहभागी हुन इच्छुक छैन । तराई मधेशमा हुने आलोचना तथा पार्टी्भित्रकै केही नेताहरुको विरोधका कारण राजपा नेपाल सरकारमा जाने मनस्थितिमा छैन । यद्यपि, उपसभामुख पद भने लिने तयारीमा छ ।

‘संघीय सरकारदेखि प्रदेश सरकारसम्म प्याकेजमै सहमति गरेर अगाडि बढौँ भन्ने नेकपाको प्रस्ताव छ । हामी अन्य विषयलाई अहिले थाँती राखेर उपसभामुखको कुरा टुङ्गो लगाउन भनिरहेका छौँ,’ स्रोत भन्छ ।

अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले उपसभामुख संवैधानिक पद भएका हुनाले त्यो लिनमा आफूहरुलाई कुनै आपत्ति नरहेको बताउँदै सरकारमा भने राजपा नेपाल सहभागी नहुने बताए । सरकारमा सहभागिताका लागी नेकपा नेतृत्वको सरकारले तत्कालै केही काम गर्नुपर्छ अनि मात्र राजपा नेपालले त्यसको बारेमा सोच्न सक्ने उनले जिकिर गरे ।

उनले भने, ‘हाम्रो अहिलेको बटमलाइन भनेको संविधान संशोधन, रेशम चौधरीको रिहाइ र आन्दोलनकारीमाथि लागेको मुद्दा फिर्ता हो । यो कामको प्रतिबद्धता मात्र होइन, कार्यान्वयनको प्रकृयामा गएपछि मात्र हामी सरकारमा जाने नजाने बारेमा सोच्न सक्छौँ अहिले सरकारको बारेमा कल्पना समेत गरेका छैनौं ।’ नेकपासँग उपसभामुखको विषयमा कुनै औपचारिक कुराकानी नभएको उनले बताए ।

सरकारमा जाने विषयलाई लिएर राजपा नेपालमै विवाद रहेको छ । पुस ७ गते राजपा नेपालका केही उपाध्यक्ष र महासचिवले अध्यक्षमण्डलका संयोजकलाई सम्बोधन गरेर सरकारमा जान नहुने भन्दै ज्ञापनपत्र नै बुझाएको छ । सरकारमा जाने विषयमा अध्यक्षमण्डलका ६ जना सदस्यको बीचमा पनि एकमत छैन ।

उता, समाजवादी पार्टीको आफ्नै दाउ रहेको छ । राजपा नेपाल सरकारमा जानेबित्तिकै तराई मधेशमा त्यसको विरोध गर्ने र राजपा नेपालका असन्तुष्ट नेताहरुलाई आफूतिर तान्ने उसको रणनीति रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...