काठमाडौं,२७ जनवरी
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितलनिवासमा सापकोटाले सोमबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।









































