काठमाडौं,२८ जनवरी
सभामुख अग्नि सापकोटाविरुद्ध आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज मंगलबार सुनुवाई हुन लागेको हो । अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज सुनुवाई हुनेछ ।
सोमबार दिनभर बहस भए पनि नसकिएकाले उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । सभामुखको हैसियतमा सापकोटालाई काम नगर्न र नगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन ।
नवनिर्वा्चित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । सापकोटा आइतबार नै सभामुखमा निर्विरोध निर्वा्चित भैसकेका छन् भने सोमबार उनले शपथसँगै कार्यभार पनि सम्हालेका छन









































