नयाँ दिल्ली, 28 जनवरी 2020
उपराष्ट्रपति एम. वेंकैया नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्जाब केसरी लाला लाजपत रायलाई उहाँले जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्ट्रपति एम. वेंकैया नायडूले लाला लाजपत राय एक प्रखर राष्ट्रवादी भएको बताउँदै ‘वन्दे मातरम आन्दोलन’ र ‘साइमन वापस जाओ’ विरोधमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको भन्नुभयो। उपराष्ट्रपतिले उहाँको राष्ट्रभक्तीले प्रत्येक भारतीयहरूलाई प्रेरित गरिरहने बताउनुभयो।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै देशको स्वतन्त्रताको लागि जीवनको आहुती दिने उहाँले गाथाले सदैब देशवासीहरूलाई प्रेरणा प्रदान गरिरहने बताउनुभयो।









































