दाङ,२८ जनवरी
दाङमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुलाई चेकजाँचका क्रममा उनिहरुलाई छालासहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्ति रहेका छन् ।
उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको (बङ्गारा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको हो ।









































