नयाँ दिल्ली, 28 जनवरी 2020
रक्षामन्त्री राजनाथ सिंहले हस्तक्षेप नगर्ने नीति र एकार्काको भावनाहरूलाई बुझेर मात्र क्षेत्रीय शान्ति स्थापित गर्न सकिने बताउनुभएको छ। आज नयाँ दिल्लीमा 12-औँ दक्षिण एसिया सम्मेलन (सार्क)-लाई सम्बोधन गर्दै उहाँले पाकिस्तान बाहेक क्षेत्रका सबै देशहरूले हस्तक्षेप नगर्ने नीतिको पालना गरेको बताउनुभयो। उहाँले क्षेत्रीय शान्ति तथा सुरक्षाको लागि संयुक्त दृष्टिकोण बनाउन भारतले एउटा पाकिस्तानबाहेक सबै छिमेकीहरूसंग लगातार कुराकानी गरिरहेको बताउनुभयो।
रक्षामन्त्री सिंहले भारत सीमापार आतङ्कवादलाई कडा जबाफ दिन पूर्णरूपमा सक्षम भएको पनि बताउनुभयो।









































