HomeFeatureदिल्लीमा तामाङ समूदायले मनाए सोनाम ल्होसार, सांस्कृतिक कार्यक्रमको आयोजना

दिल्लीमा तामाङ समूदायले मनाए सोनाम ल्होसार, सांस्कृतिक कार्यक्रमको आयोजना

नयाँ दिल्ली, 28 जनवरी 2020

भारतको राजधानी नयाँ दिल्लीमा तामाङ समूदायको नयाँ वर्षको उपलक्ष्यमा सोनाम ल्होसार साँझ कार्यक्रम गरिएको छ।योल्मो पाँच पोखरी तामाङ संस्थाले दिल्लीमा मङ्गलबार ल्होसार साँज कार्यक्रम गरेको हो। आफ्नो वैदिक पुजाबाट सुरू गरिएको कार्यक्रममा दिल्लीमा बस्ने तामाङ समूदायका साथै ठूलो संख्यामा प्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो।

लम्थेपा लामाले अध्यक्षता गर्नुभएको कार्यक्रममा नेपाली राजदूतावासका सांस्कृतिक काउन्सलर होम प्रसाद लुइटेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने, पाँच पोखरी थङ्गपाल गाँउपालिका वडा नम्बर 3-का वडा अध्यक्ष निमा छिरिङ्ग तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

समारोहमा टसी दे-ले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने, स्याब्रु ग्रूपले मौलिक गीत प्रस्तुत गरेको थियो। समारोहमा स्थानीय कलाकारहरूले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। तामाङ समूदायको नयाँ वर्ष गत शनिबार मनाइए पनि प्रवासी नेपालीहरूले भने मङ्गलबार मनाएका हुन्।

सोनाम ल्होसार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो। योल्मो पाँच पोखरी तामाङ संस्थाले विगत लामो समयदेखि ल्होसार पर्व मनाउँदै आएको छ भने, विभिन्न किसिमका सामाजिक कार्यहरूमा पनि सक्रिय भूमिका निभाउदै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...