HomeFeatureप्रवासी नेपाली एकता मञ्च भारतद्वारा ओली र प्रचण्डसँग भेटवार्ता, एकतालाई पुर्णता दिन...

प्रवासी नेपाली एकता मञ्च भारतद्वारा ओली र प्रचण्डसँग भेटवार्ता, एकतालाई पुर्णता दिन ध्यानाकर्षण

काठमाण्डौ, 29 जनवरी

प्रवासी नेपाली एकता मञ्च भारतले सांगठनिक एकताबारे प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई भेट गर्दै प्रवासी नेपाली एकता मञ्चले छिट्टै प्रवासमा रहेका पुर्व एमालेनिकट र पुर्व माओवादीनिकट संगठनलाई एकताबद्ध बनाउन आग्रह गरेको बुझिएको छ ।

संगठनका संयोजक लोकनाथ भण्डारी र सह–संयोजक ईश्वरी भण्डारीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रवासका राजनीतिक तथा सांगठनिक समस्या लिएर नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्रसमेत बुझाएको छ ।

ज्ञापनमा अहिलेसम्म नेकपाका सबै जनवर्गीय संगठनको एकता भइसके पनि प्रवासी समितिको एकता नभएको, भारतमा आन्तरिक रूपमा पार्टी नरहने भएपछि प्रवासी मञ्चको हैसियत किटान नभएको भन्दै यस अवस्थामा संगठनका सदस्यहरु चिन्तित हुनुका साथै सांगठनिक गितिविधिमा शिथिलताले प्रवासी नेपालीहरु निराश भएको उल्लेख गरिएको छ । विभिन्न २२ राज्यमा २० हजारभन्दा बढी सदस्य रहेको प्रवासी नेपाली एकता मंच भारतको एकता प्रक्रियामा ढिलाई भएकोमा संगठनभित्र नैराश्यता छ ।


भारतमा प्रवासी नेपाली आन्दोलनको इतिहास आधा शताब्दी भन्दा पनि लामो छ । मुलुकको राजनितिक तथा आर्थिक परिबर्तनमा समेत ठुलो योगदान रहेको छ । प्रवासी नेपालीहरूले आफ्नो प्रवासी अधिकारलाई भन्दा मुलुकको राजनीतिक परीबर्तनलाई बढ़ी महत्व र योगदान पुर्याएका छन । विगतमा नेपालका विभिन्न राजनितिक दलका नेताहरुले भारत प्रवासमा भुमिगत वा निर्वासित जीबन बिताउँदा , प्रवासको जिम्मेवारीमा रहंदा अधिकारको लागी सँघर्ष गर्न सिकाए । प्रवासीहरु पनि आफ्नो गाँस र छाक काटेर मुलुकको आन्दोलनलाई सहयोग पुर्याए । यतिबेला दलहरुले प्रवासमा रहेका संगठनहरुलाई उपयोग मात्र गरेको आरोप उनिहरुले लगाइरहेका छन । विगतको इतिहासलाई हेर्ने हो भने सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री प्रवासी संगठनका एक सदस्य थिए । 9 औं महाधिवेशन सम्पन्न भएको यतिका वर्षसम्म पनि भारत प्रवास परिचालनको नीति तय भएको छैन । अब एकतापछि यसको सम्बन्धमा केही निर्णय हुने उनिहरुको अपेक्षा रहेको छ ।

बदलिदो परिवेशमा भारत प्रवासमा पार्टी कमिटी नरहेपनि भारतमा कार्यरत नेता ,कार्यकर्ताको सही मूल्याँकन गर्नुपर्ने उनिहरुको तर्क छ । उनिहरुले केही बुँदामा आफ्नो ध्यानाकर्षण समेत गराएका छन । छिट्टै दुई संगठनको एकता हुनुपर्ने ,पार्टीले भारत प्रवास संघको केन्द्रिय समितीलाई प्रदेश कमिटी सरहको मान्यता दिइनुपर्ने , पार्टीले २ सय संगठित सदस्यता भएको राज्य कमिटीलाई जिल्ला कमिटीसरह मान्यता दिनुपर्ने उनिहरुको धारणा छ । भारतका सबै राज्यबाट सहभागी प्रतिनिधिमण्डल देखि २६ गते काठमाडौं पुगेको थियो।

भारतका सबै राज्यबाट आएका करीब ३३ सदस्यीय प्रतिनिधिमण्डललाई अध्यक्षद्वयले ज्ञापन पत्रमा उठाएका विषयप्रति सकारात्मक रहेको र छिटो काम सम्पन्न गर्न सम्बधित पक्षलाई निर्देशन दिने आश्वासन दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...