HomeFeatureट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !

ट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !

सुर्खेत,२९ जनवरी
सुर्खेतको वीरेन्द्रनगर -४ मा ट्रिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । उक्त घटनाबाट विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेकी छन् ।

मंगलबार बिहान वीरेन्द्रनगर -४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भयो ।

मृतकको शव उठाउन खोज्दा तीनरचार हजार मानिस जम्मा भएर सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेको प्रहरीले बताएको छ । गाडीको सिसा फुटेर तीन सशस्त्र प्रहरीलाई चोट लागेको छ ।

प्रहरीले पनि २१ राउण्ड अश्रुग्यास हानेको थियो । त्यसक्रममा २३ वर्षका धीरबहादुर बुढाको खुट्टामा चोट लागेको छ । उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले साँझ साढे ६ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो ।

केशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।

प्रहरी उपरीक्षक (एसपी) पन्तले भने ‘उनीहरुको व्यक्तिगत सम्बन्धबारे हामीलाई जानकारी हुँदैन’, तर केहरको मृत्युलगत्तै शाहीको शव भेटिएको छ, हामी अनुसन्धान गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...