HomeFeatureकारको टायरमा गोली प्रहार गरी गाँजा तस्कर पक्राउ

कारको टायरमा गोली प्रहार गरी गाँजा तस्कर पक्राउ

काठमाडौँ,२९ जनवरी
मकवानपुरमा गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो ।

हेटौंडा–११, थानार्भयाङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय नम्बर प्लेटको बीआर ०६ जी ४४५७ नम्बरको कारको टायरमा गोली प्रहार गरेर तीनजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमा एक महिला र दुई पुरुष रहेका छन् । एसपी राठौरका अनुसार भारत मुजफ्फरपुरका अजयमल सवारी चालक, सञ्जीव पासवान र जाहेरा खातुन पक्राउ परेका हुन् ।

प्रहरी देखेपछि भाग्दै गरेका उनीहरु सवार कारको टायरमा गोली प्रहार गर्नुपरेको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । सुरुमा प्रहरीले उनीहरुमाथि प्रहरीले हवाई फायर गरेको थियो ।

गाडीमा महिलालाई बिरामी बनाएर र एकजना बिरामी कुरुवा बनेर उनीहरुले गाँजाको तस्कर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको एसपी राठौरले बताए ।

उक्त कारमाथि शङ्का लागेपछि प्रहरीले सुरुमा मकवानपुरको मनहरीमा नियन्त्रणमा लिन खोजेको थियो । तिव्र गतिमा रहेको कारण प्रहरीले नियन्त्रणमा लिन सकेन ।

लागूऔषध लिएर आइरहेको तीन ठाउँमा प्रहरीले नियन्त्रणमा लिन नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानार्भयाङमा नियन्त्रणमा लिन खोज्दा भागेको थियो ।

प्रहरीलाई देखेपछि भाग्न खोजेपछि गोली चलाएर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ३२ किलो गाँजा बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...