HomeFeatureनेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रमहरूको आयोजना हुने

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रमहरूको आयोजना हुने

काठमाण्डौँ, 29 जनवरी 2020

नेपाल पर्वतारोहण संघले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी एकैपटक विभिन्न चार कार्यक्रम गर्ने भएको छ। संघले मंगलबार पत्रकार सम्मेलन गरी पर्यटन वर्ष 2020-को प्रचार-प्रसार र नेपालका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएको छ। संघका अध्यक्ष सन्तवीर लामाले आगामी फेब्रुअरी 1 देखि 10 गतेसम्म मनाङमा ‘दोस्रो आईस क्लाम्बिङ फेस्टिभल 2020’ आयोजना गरिने बताउनुभयो। त्यस्तै फेब्रुअरी 1 र 2-मा पासाङ ल्हामु स्पोर्टस क्लाम्बिङ सेन्टरमा ‘सातौँ पार्क योङ्ग सिओक वाल क्लाम्बिङ कम्पिटिसन’, फुब्रुअरी 3 देखि 5-सम्म पोखरामा ‘तेस्रो विश्व शान्ति पुजा’ र फेब्रुअरी 5-मा ‘सत्रौँ अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको वार्षिकोत्सव’ आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले नेपाली हिमालमा हुने प्राकृतिक प्रकोपलाई बिर्साएर आनन्द लिन र भ्रमण वर्षको प्रचार प्रसारका निम्ति कार्यक्रमहरुले सघाउ पुऱ्याउने बताउनुभयो।

कार्यक्रममा नेपाल भ्रमण वर्ष 2020 सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्षको लक्ष्य पुरा गर्न सचिवालयले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्न तयार रहको बताउनुभयो। उहाँले सचिवालयले एक्लै लक्ष्य पुरा गर्न नसकने बताउँदै संघले ल्याएका कार्यक्रमहरुलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

सबै कार्यक्रममा विभिन्न देशका पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूका प्रतिनिधिहरुको समेत सहभागिता रहने छ। त्यस्तै अध्यक्ष लामाले सबै कार्यक्रमले नेपालको पर्यटन क्षेत्र र नेपाल पर्वतारोहण संघको गतिविधिको प्रचार-प्रसारमा मद्दत पुऱ्याउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...