काठमाडौँ,२९ जनवरी
केही दिनदेखि निरन्तर बढेको सुनको मूल्य आज बुधबार घट्दै ओरालो लागेको छ । आज सुनचाँदी दुवैको मूल्य घटेको छ ।
बुधबार सुन चार सय र चाँदी २५ रुपैयाँले घटेको हो । मंगलबार ७६ हजारमा कारोबार भएको छापावाला सुन बुधबार घटेर प्रतितोला ७५ हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









































