नयाँदिल्ली,३० जनवरी
बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ ।
खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरूलाई अवकाश दिएको छ ।
बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो । ‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नुपरेको छ ।
त्यसैअनुसार हामीले पनि नयाँ कदम चाल्न थालेका छौँ’, बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने ।









































