नयाँदिल्ली,२ फेब्रुअरी
हिन्दी रेडियोको बीबीसी प्रसारण सेवा बन्द भएको छ । ८० वर्ष लामो बीबीसीको प्रसारण सेवा जनवरी ३१ शुक्रबारदेखि बन्द भएको हो ।
बीबीसी हिन्दीको अन्तिम प्रशारण शुक्रबार बेलुकी ७ बजे सम्म भएको थियो । आर्थिक संकटका कारण बीबीसी पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनु कारण पनि त्यही कारण मानिएको छ ।
बीबीसी हिन्दीको अन्तिम प्रसारण फेसबुकबाट लाइभ गरिएको थियो ।
भारतीय मिडियाहरुले भने बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुको कारण स्रोता घट्नु बताएका छन् ।
अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए ।
जोशीले १८ वर्ष सम्मको समय बीबीसी हिन्दी रेडियोमा बिताएको बताएका छन् ।
१९४७ मा भारत विभाजन भएपछि बुखारी पाकिस्तान रेडियोको पहिलो महानिर्देशक नियुक्त भएका थिए ।
सर्टवेभ प्रसारण बन्द भए पनि विवेचना र दुनियाँ कार्यक्रम नियमित प्रसारण हुने बताइएको छ ।









































