काठमाण्डौँ, 3 फरवरी 2020
नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ। यद्यपि चाँदीको भाउ भने घटेको छ। आज छापावाल सुनको भाउ तोलाको 76 हजार 5 सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि तोलाको 76 हजार 5 सय रुपैयाँमै कारोबार भएको थियो। यस्तै तेजाबी सुनको भाउ पनि तोलाको 76 हजार 2 सयमै स्थिर रहेको महासंघले जनाएको छ।
आज चाँदीको भाउमा भने कमी आएको छ। आइतबार तोलाको 8 सय 95 मा कारोबार भएको चाँदी सोमबार तोलामा 5 रुपैयाँले घट्दै 8 सय 90 तोकिएको महासंघले जनाएको छ।









































