HomeFeatureकोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको मृत्यु

कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको मृत्यु

नयाँदिल्ली,४ फेब्रुअरी
कोरोना भाइरस संक्रमित एक व्यक्तिको हङकङमा मृत्यु भएको छ । क्वी चुईस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा ३९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो ।
साउथ चाइना मर्निङ पोस्टले हस्पिटलका अधिकारीलाई उद्धृत गर्दै मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको जनाएको छ । ज्यान गुमाउने व्यक्तिको परिचय भने खुलाइएको छैन । पत्रकार सम्मेलन गरेर यसबारे विस्तृतमा जानकारी दिने त्यहाँका सरकारी अधिकारीको तयारी छ ।

यो कोरोना भाइरसका कारण चीनबाहिर भएको मृत्युको अर्काे घटना हो । यसअघि चीनको वुहानबाट फिलिपिन्स पुगेका एक चिनियाँ नागरिकको त्यहाँ उपचारका क्रममा ज्यान गएको थियो ।

समाचारमा जनाइअनुसार, कोरोनाको संक्रमणले मुटु फेल हुँदा ती व्यक्तिको ज्यान गएको हो । उनी आमासँगै हङकङको वामोपा गार्डेनमा बस्दै आइरहेका थिए । उनीबाटै आमामा पनि संक्रमण सरेको पाइएको छ ।

२१ जनवरीमा हुबेई प्रान्तको वुहानमा रहेका ती व्यक्ति त्यसको दुई दिनपछि गोन्जाउ–सेन्जन–हङकङ एक्सप्रेस रेल लिंकमार्फत हङकङ फर्किएका थिए । समाचारमा जनाइएअनुसार ३१ जनवरीमा उनमा ज्वरो आएको थियो । लगत्तै उनलाई कोरोनाको आशंकामा क्विन एलिजावेद हस्पिटलमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा ती बिरामीमा कोरोना भाइरस भेटिएपछि प्रिन्सेस मार्गरेट हस्पिटलको छुट्टै वार्डमा सारिएको समाचारमा उल्लेख छ । त्यहीँ उनको उपचारका क्रममा ज्यान गएको हो ।

चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस अहिले २२ देशमा फैलिएको छ । यसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार, यो भाइरसका कारण चीनमा अहिलेसम्म ४ सय २५ जनाको ज्यान गइसकेको छ । २० हजार ४ सय ३८ संक्रमित भएका छन् ।

त्यस्तै, हङकङमा १५, मकाउमा ८ र ताइवानमा १० कोरोना संक्रमित बिरामी भेटिएका छन् । एसियाका अन्य देशमा ९७, युरोपमा २१, उत्तर अमेरिकामा १५ र अस्ट्रेलियामा १२ बिरामी फेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...