मुम्बई, ४ फेब्रुअरी
बलिउडका अभिनेता शाहरूख खानले उनको घरमा धर्मलाई लिएर कुनै चर्चा नहुने बताएका छन् ।
‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु–मुसलमानको कुरा गरेका छैनौं’, उनले भनेका छन्, ‘मेरी पत्नी हिन्दु हुन्, म मुसलमान र मेरा जो बच्चा छन् उनीहरू हिन्दुस्तान हुन् ।’
‘कयौं पटक उनीहरूले स्कूलमा कुन धर्म हो भनेर लेख्नुपर्छ’, उनले भनेका छन्, ‘जब मेरी छोरी सानै थिई, उसले मलाई आएर हामी कुन धर्मका हौं भनेर सोधिन् । तब मैले त्यसमा हामी भारतीय हौं भनेर लेखिदिए । कुनै धर्म हुँदैन र हुन पनि हुँदैन ।’
शाहरूखको यस भनाइले सामाजिक संजालमा तारिफ पाइरहेको छ । कयौंले शाहरूखको यस बयानलाई गौरव गर्न लायक भनेका छन् । केहीले नागरिक्ता सम्बन्धी विधेयकमा उनी मौन बसेको भन्दै विरोध पनि गरेका छन् । एजेन्सी









































