HomeFeatureसिन्धुपाल्चोकमा वडाध्यक्ष र शिक्षकमाथि कुटपिट

सिन्धुपाल्चोकमा वडाध्यक्ष र शिक्षकमाथि कुटपिट

सिन्धुपाल्चोक, ४ फेब्रुअरी
सिन्धुपाल्चोकमा रहेको जुगल गाउँपालिका–५ का अध्यक्ष सनतकुमार अधिकारीसहित दुई शिक्षकमाथि सामूहिक रुपमा निर्घात कुटपिट भएको छ ।
उनिहरुको अहिले उपचार भइरहेको छ । सोही वडाका वडा सदस्य यमबहादुर मगरसहित ७ जनाको टोलीले कुटपिट गरेको हो ।

बराम्ची विद्यालयको वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष र शिक्षकमाथि निर्घात कुटपिट भएको हो । कुटपिटबाट बडाध्यक्ष सनतकुमार अधिमारी, सोही विद्यालयका प्रधानध्यापक छन्दप्रसाद काफ्ले र शिक्षक पुष्पराज तिमल्सिना घाईते भएका छन् ।

जुगल–५ कै स्थानीय ७ जनाले वडाध्यक्षसहित शिक्षकलाई रड, टेबुल र बेन्चले प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरिएको र एक जना भने फरार रहेको डिएसपी काफ्लेले जानकारी दिए ।

माओवादी केन्द्रबाट जुगल वडा ५ मा बिजयी वडासदस्य यन्दबहादुर मगरले पहिलेदेखि ज्यान मार्ने धम्की दिँदै आएको वडाध्यक्ष अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...