काठमाण्डौँ, 4 फरवरी 2020
नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ। मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उहाँसँग भेटवार्ता गर्नुभएको हो। भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उहाँले बताउनुभयो।
सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन्। सापकोटा माघ 12 गते सभामुखमा निर्वाचित हुनुभएको थियो। सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गुर्नहुँदै दुई देश बीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताउनुभयो।









































