काठमाण्डौँ, 4 फरवरी 2020
सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब विजयी भएको छ। फ्रेण्ड्सले मंगलबार भएको खेलमा न्युरोड टिम (एन आर टी) लाई 2-0 गोलअन्तरले पराजित गरेको हो। फ्रेण्ड्सको जितमा सन्जोग महर्जनले 78 औँ मिनेट र वाग्नर ड कर्माले 81 औँ मिनेटमा गोल गरे।
जितसँगै फ्रेण्ड्स अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ। फ्रेण्ड्सले 10 खेलबाट 14 अंक जोडेको छ। न्युरोड 15 अंकसहित सातौँ स्थानमा छ। यो सँगै दशौँ चरणका खेल सकिएका छन्। दशौँ चरणसम्म त्रिभुवन आर्मी क्लब 23 अंकसहित शीर्ष स्थानमा, मच्छिन्द्र क्लब 22 अंकसहित दोस्रो र मनाङ मर्स्याङ्दी क्लब 19 अंक जोडेर तेस्रो स्थानमा छन्।









































