काठमाडौं,५ फरवरी, २०२०
कोरोना भाइरस संक्रमण फैलन नदिन चीनले नेपालसँगका अधिकांश सीमा नाका बन्द गरिदिएको छ । चीनले नाका बन्द गरिदिएपछि उत्तरी उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरुको जनजीवन प्रभावित भएको छ ।
रोजगारी र बजारका लागि चीनको स्वशासित क्षेत्र तिब्बतका सिमावर्ती बजारमै निर्भर नेपाली बस्तीमा खाद्यन्न अभावको समस्या देखिन थालेको छ । चीनले सीमा बन्द गर्नुअघि चीनतर्फ पुगेका नेपालीहरु सीमानाका बन्द भएपछि उतै थुनिएका छन् । सिन्धुपाल्चोकको कोदारी–तातोपानी नाकाबाट माघको पहिलो सातादेखि नै आयात–निर्यात बन्द गरिएको छ। चीनियाँ स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्क राखेर सामान्य ज्वरो आएका मानिसहरुलाई समेतमा रोक लगाएका छन्। रसुवाको रसुवागढी नाका पनि कोरोनाका कारण ठप्प छ । ताप्लेजुङको ओलाङचुङगोला नाका पनि चीनले माघ १६ गतेदेखि नै बन्द गराइसकेको छ।
तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए। सडक निर्माणका लागि नेपालतर्फ आएका आफ्ना नागरिकलाई फिर्ता बोलाएर चीनले नाका बन्द गरिदिएको हो। यीमध्ये केही नाकामा भने हिमपातका कारण हिउँदयाममा बाक्लो आवतजात हुँदैन।
कोरोना भाइरस संक्रमण फैलन नदिन चीन र नेपालको सीमामा नाकाबन्दी
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































