काठमाडौं, ५ फरवरी , २०२०
नायक विराज भट्टले फिल्म ‘साङ्लो’को गीत चोरीको विषयमा आफ्नो केही दोषा नभएको बताएका छन् ।
भट्टले फिल्म ‘साङ्लो’को निर्माता, निर्देशक र अभिनेता समेत आफू रहेको भन्दैे ‘साङ्लो’ को गीत संगीतकार सुरेश अधिकारीसँग पूर्ण गीत नै लिएकोले चोरीको आरोप लगाउन नमिल्ने बताएका हुन् ।
‘अहिले गीतको बिवाद श्रृजना गर्ने सुदीप भुपाल सिंह हुनुहुन्छ । उहाँ यो गीतका श्रष्ठा भन्ने मलाई पनि थाहा थिए’, उनले भने, ‘त्यसको बारेमा संगीतकार सुरेश अधिकारी दाईले पनि भन्नु भएको थिएन ।’
विराजले भने ‘साङ्लो फिल्मका लागि राम्रो गीत मलाई चाहिएको थियो । त्यसका लागि सुरेस दाईसँग मागे । दाइले गीत दिनुभयो । मैले गीतका लागि दिनुपर्ने खर्च दिएर लिए ।’
‘मेरो फिल्म र ब्यानरलाई मुछेर गीतको विषमा उजुरी हालिएको छ । त्यो किन र केका लागि भन्ने बुझेको छैन’ विराजले अगाडि भने ‘मैले संगीतकारसँग एक पूर्ण गीत लिएको हो ।’ आफुले पहिले यो गीतको बिवाद छ वा यस्तो हुन्छ भन्ने थाहा पाएको भए गीत नलिने विराजले सुनाए ।
धेरै अगाडि लिएको यो गीत अहिले फिल्म रिलिजको संघारमा बिवादमा मुछिँदा निकै दुःख लागेको विराजले सुनाए ।
संगीतकार सुरेश अधिकारीले गीतको शब्दमा सुदीपको नाम छुटेको त्यो राखेपछि कुरो मिल्ने बताए । ‘गीतमा उनको र मेरो शब्द छ । गीत बाहिर ल्याउँदा उहाँको नाम छुटेको हो । उहाँले नाम खोज्नु जायज हो’ संगीतकार अधिकारीले भने ‘टेक्निकल गडबढीका कारण विवाद भएको हो, त्यो मिल्छ । त्यसको प्रयास म गर्दैछु ।’ सुरेशले गल्ती आफुबाट भएको स्वीकार्दै सच्याउन प्रयास भइरहेको समेत बताए ।









































