HomeFeatureनेपाली काँग्रेसद्वारा नेपाली भूमि फिर्ता गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभामा संकल्प प्रस्ताव...

नेपाली काँग्रेसद्वारा नेपाली भूमि फिर्ता गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता

कैलाली, 5 फरवरी 2020/ हिम शाह

नेपाली काँग्रेसले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ। काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर रैकाले समर्थन गरेको संकल्प प्रस्ताव काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले मङ्गलबार प्रदेशसभामा दर्ता गराउनुभएको हो। संकल्प प्रस्तावमा नेपालको सार्वभौमिक सीमामाथी एकतर्फी रूपमा अतिक्रमण गरेको भारत सरकारको कदम दुखःद एवम् आपत्तीजनक छ, भनिएको छ।

“भारत सरकारले केही महिना अघि नेपालको सुदूरपश्चिममा पर्ने कालापानी क्षेत्रलाई भारतीय नक्समा समावेश गरेको तथ्यप्रती हामी सबै जनप्रतिनिधिहरुको गम्भीर ध्यानाकर्षण भएको छ। भारतीय सरकारले हाम्रो भूमि अतिक्रमण गरिरहँदा नेपाल सरकार र प्रदेश सरकार मौन देखिनु दुखःद विषय हो, तसर्थ प्रदेश सभा उक्त मिचिएको भूमि अविलम्ब फिर्ता गराउन र राष्ट्रिय अखण्डतालाई जोगाउन दृढताका साथ यो संकल्प प्रस्तावलाई पारित गरि केन्द्र सरकार र प्रदेश सरकारले अविलम्ब उक्त मिचिएको भूमि भारत सरकारको नक्साबाट हटाउन पहल गरोस् भन्न जोडदार माग गर्दछौ।” संकल्प प्रस्तावमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...