नयाँ दिल्ली, 5 फरवरी 2020
केन्द्रीय मन्त्रीमण्डलले अयोध्यामा राम मन्दिर निर्माणको लागि ट्रस्ट गठनको निर्णय गरेको छ। आज लोकसभामा यस विषयमा जानकारी दिनुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले यो ट्रस्टको नाम श्रीराम जन्मभूमि तीर्थ क्षेत्र हुने बताउनुभयो। उहाँले लगभग 67 एकड भूमि यस कार्यको लागि ट्रस्टलाई हस्तान्तरण गरिने बताउनुभयो।
प्रधानमन्त्रीले अयोध्या मुद्दामा सर्वोच्च अदालतकद निर्देशन अनुसार उत्तरप्रदेश सरकार सुन्नी वक्फ बोर्डलाई 5 एकड भूमि दिन सहमत भएको कुरा पनि बताउनुभयो।
उहाँले मन्दिर निर्माणसँग सम्बन्धित सबै निर्णयहरू ट्रस्ट आफैले गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले सर्वोच्च अदालतको अयोध्या मुद्दामाथिको निर्णयमा देशका जनताले देखाएको परिपक्वताको पनि प्रशंसा गर्नुभयो।









































