काठमाडौं, ५ फरवरी, २०२०
बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । मंगलबार राती मनमोहन अस्पतालमा उपचारका लागि लगिएका उनको निधन भएको हो ।
बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा मुटु रोगका बिरामी थिए । उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो । इन्फेक्सनको समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । शर्माले नेपाल टेलिभिजनमा लामो समयसम्म काम गरेका थिए ।









































