HomeFeatureराष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै सदस्य जितेन्द्र नारायण देवद्वारा सन्तुष्टी...

राष्ट्रियसभाको भूमिकाबारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै सदस्य जितेन्द्र नारायण देवद्वारा सन्तुष्टी व्यक्त

काठमाण्डौँ, 5 फरवरी 2020

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले राष्ट्रियसभाको भूमिका बारे नकारात्मक टिप्पणी हुने गरेको भन्दै असन्तुष्टी जनाउनुभएको छ। राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद देवले चेतनशील नागरिक समेतले संविधानले राष्ट्रियसभाको काम कसरी परिभाषित गरिएको छ भन्ने बारेमा नबुझी राष्ट्रियसभाको बारेमा नकारात्मक भावना लिएर बसेको देखिएको गुनासो गर्नुभएको हो। उहाँले राष्ट्रियसभाको बारेमा रहेको भ्रमपुर्ण बुझाई हटाउन राष्ट्रियसभाले गरेको ऐतिहासिक कार्य, संबैधानिक हैसियत र गरिमाबारे नेपाली जनतालाई बुझाउने गरि कार्यक्रम गर्न सभाध्यक्षको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रियसभाको संबैधानिक हैसियतको वास्तविकता नेपाली जनतामाझ जान नसकेका कारण राष्ट्रियसभाको महत्व कम आकलन हुने गरिएको भन्दै उहाँले महत्व झल्काउने कार्यक्रमको खाँचो औल्याउनुभएको हो।

संविधानले अर्थ विधेयक प्रतिनिधिसभामा मात्रै पेश हुनुपर्ने बाहेक अन्य विषयमा संघीय संसदका दुई सदनलाई विभेद नगरेको र समान हैसियत प्रदान गरेको पनि उहाँले स्पष्ट पार्नुभयो। संविधानले संघीय संसदका दुवै सदनलाई समान हैसियत, समान गरिमा र समान महत्व दिएको भएपनि राष्ट्रियसभाको संबैधानिक वास्तविकताबारे नेपाली जनतामाझ जान नसकेका कारण बुझाई फरक हुन गएको टिप्पणी उहाँले गर्नुभयो। उहाँले राष्ट्रियसभाको महत्व बुझाउनका लागि सचिवालयले गर्नुपर्ने कार्य भन्दै 4 बुँदे सुझाव पनि दिनुभयो।

उहाँले राष्ट्रियसभाले सघन रुपमा, राजनीतिक तह, समिति तह र सचिवालय तहमा नियमति रुपमा प्रेस मिट गरि गरिएका कामहरु सम्प्रेषण गर्न, राष्ट्रियसभाका सदस्यहरुलाई व्यक्तिगत र सामुहिक रुपमा जिम्मेवार बनाउने गरि नियमावलिमा संशोधन गर्न, समय समयमा विभिन्न प्रदेशमा राष्ट्रियसभाको संबैधानिक हैसियत काम र महत्वका बारेमा विचार गोष्ठी गर्न र राष्ट्रियसभाका समितिहरुको कामको पुर्नसंरचना गरि सबै समितिलाई पर्याप्त काम उपलब्धि हुने गरि राष्ट्रियसभा नियमावलिमा संसोधन गर्न सुझाव दिनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...