HomeFeatureपर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्तिको अभाव

पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्तिको अभाव

काठमाण्डौँ, 5 फरवरी 2020

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनका लागि प्रयाप्त स्रोत र जनशक्ति नभएको बताउनुभएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष 2020-को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले स्रोत, साधन र जनशक्ति अभाव रहेको बताउनुभएको हो। मन्त्री भट्टराईले नेपालको पर्यटन प्रवद्र्धन र भ्रमण वर्षलाई प्रभावकारी बनाउन जनशक्ति थप्दै स्रोत साधन बढाउने कुरामा जोड दिने प्रतिवद्धता समेत जनाउनुभएको छ। मन्त्री भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पार्नुभएको छ।

उहाँले कारोना भाइरसका कारण चीनबाट लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव नहुने भएकाले अन्य बैकल्पिक बजारको खोजी भएको बताउनुभएको छ। चीनबाट यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भएपनि कोरोना भाइरसले पूर्ति हुने सम्भावना नरहेको र नीजि क्षेत्रहरुसँग छलफल गरी बैकल्पिक बजार खोज्न योजना बनिरहेको उहाँले बताउनुभयो।

बैठकमा मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिले भन्दा धेरै सुधार आएको बताउनुभएको छ। तराई क्षेत्रमा रहेका राजविराज विमास्थल बाहेक अन्य विमानस्थलहरुमा रात्रिकालिन उडान सुरु भएको बताउनुभएको छ। उहाँले पोखरा अन्तर्राष्ट्रिय विमास्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछिल्लो कार्यप्रगति राम्रो रहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...