HomeFeatureयस्ता छन् स्याउ खानुका फाइदा, तपाईले पनि दिनहुँ खाने गर्नुहोस्

यस्ता छन् स्याउ खानुका फाइदा, तपाईले पनि दिनहुँ खाने गर्नुहोस्

नयाँदिल्ली, ५ फरवरी, २०२०
स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो ।
स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस ,आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वहरु पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ ।

स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ । नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रशस्त मात्रामा स्याउ पाइन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागि एकदम गुणकारी छ । स्याउमा हाम्रो शरिरको लागि आवश्यक पर्ने विभिन्न पोषक तत्वहरु रहेका हुन्छन् ।
यी हुन् स्याउ खाँदा हुने फाइदाः

१. हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई उही मात्रामा रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

२. दिनहुँ स्याउ सेवन गर्नाले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउँछ भने सुगर नियन्त्रणमा राख्न पनि मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत राख्न पनि सघाउ पुयाउँछ ।

३. ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ ।स्याउको सेवनले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत गर्छ  ।

४. पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या विस्तारै कम हुँदै जान्छ । स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ  र पायल्स हुनबाट बचाउँछ ।

५. मिर्गौलामा हुने पत्थरीबाट बच्न दिनहुँ स्याउको सेवन उपयोगी हुन्छ । पत्थरीका बिरामीले खाएमा दुखाइबाट आराम मिल्छ ।

६. स्याउको नियमित सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्नुका साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...