दार्जीलिङ, 5 जनवरी 2020/ कयेश अंसारी
भारतीय लोकतान्त्रिक युवा संघले आज दार्जिलिङमा नागरिकता संशोधन विधेयक (सीएए), राष्ट्रिय जनसंख्या रजिस्टर (एनपीआर) र राष्ट्रिय नागरिक पञ्जिकरण (एनआरसी) विरूद्ध शिविरको आयोजना गरेको छ। भारतीय लोकतान्त्रिक युवा संघका राज्य सचिव र अन्य नेताहरूको उपस्थितीमा संघले आज दार्जिलिङको चौक बजारमा शिविरको आयोजना गरेको हो।

संघले सीएए, एनपीआर र एनआरसी-भन्दा बेरोजगारी समस्या हटाउन भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारले बेरोजगारीको राष्ट्रिय रिपोर्ट ल्याउनुपर्ने बताएको छ।

भारतको संसदद्वारा 11 डिसेम्बर 2019-मा पारित नागरिकता संशोधन विधेयक (सीएए), राष्ट्रिय जनसंख्या रजिस्टर (एनपीआर) र राष्ट्रिय नागरिक पञ्जिकरण (एनआरसी)-को उत्तरपूर्वी राज्यहरूलगायत कैयौँ राज्यहरूमा विरोध प्रदर्शन भइरहेको छ।










































