नयाँ दिल्ली, 6 फरवरी 2020
दिल्ली विधानसभा निर्वाचनको प्रचार-प्रसारको लागि आज अन्तिम दिन हो। विभिन्न राजनीतिक दलका नेताहरू मतदाताहरूको मन रिझाउन हरसम्भव प्रयास गरिरहेका छन्। गृहमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता अमित शाहले हिजो कोडली, त्रिलोकपुरी, कृष्णानगर र गान्धीनरगमा जनसभाहरूलाई सम्बोधन गर्नुभयो। भाजपा अध्यक्ष जे.पी. नड्डाले जङ्गपुरामा जनसभालाई सम्बोधन गर्नुभयो र आदर्शनगर तथा त्रिनगरमा रोड शो-को आयोजना गर्नुभयो।
त्यस्तै आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो निर्वाचन क्षेत्र नयाँ दिल्लीमा रोड शोको आयोजना गर्नुभयो। पार्टीका सांसद भगवन्त मानले छतरपुर, महरौली र कालकाजीमा रोड शो गर्नुभयो। काँगेश वरिष्ठ नेता राहुल गान्धीले कोडलीमा जनसभालाई सम्बोधन गर्नुभयो।
दिल्लीमा 70 सदस्यीय विधानसभा चुनावको लागि शनिबार मतदान हुनेछ। मतहरूको गणना भने मङ्गलबार हुनेछ।









































