HomeFeatureकैलालीको तेघरीमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

कैलालीको तेघरीमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

कैलाली, 6 फरवरी 2020/ हिम शाह

भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा कैलालीको तेघरीमा भूतपूर्व सैनिक सम्मेलन भएको छ। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो। समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले पुर्खाहरुद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जिवन्त राख्न समर्पित रहेको बताउनुभयो। उहाँले अवकास प्राप्त सैनिकहरुले विगतमा गरेको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक र आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताउनुभयो। उहाँले धनगढीमा छिट्टै सैनिक अस्पताल सञ्चालनमा आउने बताउँदै बझाङमा प्रसुती गृह सञ्चालनको तयारी समेत भइरहेको जानकारी दिनुभयो।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त सम्मेलनमा सुदूरपश्चिमका 9 वटै जिल्लाका भूतपूर्व सैनिक तथा परिवारका सदस्यहरुको सहभागीता रहेको थियो। सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पिटी प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्लेकार्डसहित मार्चपास गरेका थिए। सम्मेलनमा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण समेत गरिएको थियो।

सम्मेलनमा परिवारका 4 जनाभन्दा बढी सदस्यलाई सेनामा भर्ना गराउने अभिभावकलाई सम्मान समेत गरिएको छ। यस्तै सम्मेलनकै अवसरमा भोलीदेखि तीन दिनसम्म स्वास्थ्य शिविर समेत सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...