नयाँदिल्ली,७ फरवरी, २०२०
भारतको महाराष्ट्रमा सुदूरपश्चिमाञ्चल युवा समाजको तदर्थ समिति गठन गरिएको छ ।
भारतको महाराष्ट्रमा चक्र बहादुर ठकुराठीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितीकोे उपाध्यक्षमा दिनेश मडै चयन भएका छन् भने सचिवमा मदन साउद, कोषाध्यक्षमा मनिष बलायर, सहकोषाध्यक्षमा टेक ठकुराठी, सल्लाहकारमा वीरबहादुर रावत र बलबहादुर चन्द चयन भएका छन् ।
रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा छरेर बसेका सुदूरपश्चिमेली युवाहरुलाई एकताबद्ध भएर ‘‘हाम्रो सुदूरपश्चिम हाम्रो पहिचान’’ भन्ने नाराका साथ सुदूरपश्चिमको कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष ठकुराठीले बताए।
यस्तै सदस्यहरुमा मानसिंह साउद, गणेश महरा, गणेश खाती, गोरख साउद, भरत ठगुन्ना, सुरेश ठगुन्ना, पुष्कर ठकुराठी र नारायण महत्त चयन भएका छन् ।









































