काठमाडौं,७ फरवरी, २०२०
अधिवक्ता टंकबहादुर रानामगर लाई महानगरीय अपराध महाशाखाको टोलीले बबरमहलबाट पक्राउ गरेको हो ।
माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो ।
राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको पत्ता लागेपछि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए । दाहालसँग अदालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी मागेको थियो । थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् ।
उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ ।









































