HomeFeatureसातै प्रदेशमा रहेका कारागारहरुको अवस्था अध्ययन गरिने

सातै प्रदेशमा रहेका कारागारहरुको अवस्था अध्ययन गरिने

काठमाण्डौँ, 7 फरवरी 2020

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवाधिकार समितिले सात वटै प्रदेशमा रहेका कारागारहरुको अवस्था अध्ययन गर्ने भएको छ। शुक्रबार बसेको समितिको बैठकले सात वटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेको हो। कारागारहरुको अवस्था सन्तोषजनक नभएको भन्ने खवर सार्वजनिक भएको अवस्थामा कारागारभित्र बस्ने बन्दीहरुको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको समिति सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो। कारगारभित्र बस्ने बन्दीहरुलाई आवास नपुगेको, उनीहरुको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरुले कानूनी सहायता समेत भनेको समयमा नपाएको गुनासो बढेकोले कारागारहरुको निरीक्षण गरिने उहाँको भनाई छ।

संविधानले सम्बोधन गर्न नसकेका विषयमा जनताका गुनासा सुन्न र कार्यान्वयनको अवस्थाका विषयमा बुझ्नका लागि संवैधानिक सम्मेलन गर्ने निर्णय पनि समितिले गरेको छ। संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरु एकै ठाउँमा बसेर सम्बाद गर्नेगरी प्रदेश नम्बर तीनको चितवनमा संवैधानिक सम्मेलन गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...