HomeFeatureटिकापुर नगरपालिकाद्वारा टिकापुरमा एयरपोर्ट बनाउने पहल सुरू

टिकापुर नगरपालिकाद्वारा टिकापुरमा एयरपोर्ट बनाउने पहल सुरू

टिकापुर, 7 फरवरी 2020/ हिम शाह

टिकापुर नगरपालिकाले टिकापुरमा एयरपोर्ट बनाउने पहल सुरू गरेको छ। शुक्रबार बिहान नगरपालिकामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा नगरप्रमुख तपेन्द्रबहादुर रावलले एयरपोर्ट सञ्चालनका लागि 1 हजार ६ सय मिटर लामो धावनमार्ग र 6 सय मिटर चौडाईको पार्किङ पुग्ने स्थान आवश्यक रहेको नागरिक उड्डयन प्राधिकरणका प्राविधिकको सुझाव रहेको जानकारी दिनुभयो। प्रमुख रावलले हालको एयरपोर्टको लम्बाई 1 हजार 2 सय 50 मिटर मात्रै रहेकाले यसको विकल्पको रुपमा हाल खेलकूद विकास समितिका नाममा रहेको वडा नम्बर 5 पार्करोडस्थित जग्गा सट्टापट्टा गरिनु पर्ने प्रस्ताव पनि राख्नु भएको छ। प्रमुख रावलको प्रस्तावमा बैठकका सहभागी पूर्व सांसद गंगाबहादुर कुँवर, नेकपाका नगर अध्यक्ष खडक शाह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, नगर सभापति धनराज उपाध्याय, संघीय समाजवादीका नेता हरि तिमिल्सिनाले समर्थन जनाउनु भएको छ।

टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज रावलले अहिलेका पर्यटन मन्त्री योगेश भट्टराई टीकापुरमा एयरपोर्ट बनाउन सकारात्मक रहेकाले नगरपालिकाले तत्काल पहल थाल्नुपर्ने सुझाव दिनुभयो।

यसैगरी नगर खेलकूद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले जग्गा सटहीसंगै हालको एयरपोर्टमा खेल पूर्वाधार बन्ने सुनिश्चितता हुनुपर्ने माग गर्नुभयो।

बैठकमा उपप्रमुख केशरी रावल विष्ट, वडाध्यक्षहरु गंगाराम आचार्य, प्रकाशबहादुर बुढा, दीर्घबहादुर ठकुल्ला, खोटेना भुराखानी सामुदायिक वनका अध्यक्ष श्याम खत्री लगायतको उपस्थिति थियो। नगर प्रमुख तपेन्द्रबहादुर रावलले स्थानीय पालिका समेतको सहयोगमा टीकापुरमा एयरपोर्ट बनाउन पहल थालिने र शनिबारै मन्त्री भट्टराईलाई सर्वदलीय टोलीले भेट गर्ने जानकारी दिनुभयो। टीकापुरमा सञ्चालित टीकापुर महोत्सवको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा आउनु भएका मन्त्री भट्टराईलाई टीकापुर महोत्सवका तर्फबाट टीकापुरमा एयरपोर्ट सञ्चालन हुनुपर्ने एकसुत्रीय माग राखिएको थियो भने मन्त्री भट्टराईले माग पूरा हुने आश्वासन दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...