चेन्नई, 8 फरवरी 2020
केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले आम बजेट मानिसहरूको आकांक्षा पूरा गर्न, आर्थिक विकासमा सुधार ल्याउन र सबैमा समान सरोकार राख्ने समाज निर्माणको लागि तयार गरिएको बताउनुभएको छ। व्यापार संगठन, उद्योग वाणिज्य मण्डल, बैंक, बीमा तथा सहकारी संस्थानहरूका सदस्यहरूसँग आज चेन्नईमा कुराकानी गर्दै उहाँले अहिले बजेट संसदबाट पारित हुन बाँकी रहेपनि सरकारले सबैलाई साथमा लिएर जान चाहेको बताउनुभयो। उहाँले बजेट तयार पार्दा 16 महत्त्वपूर्ण बिन्दु तय गरिएको उल्लेख गर्दै त्यसमा ग्रामीण विकास र कृषि क्षेत्रका विभिन्न पक्षहरूलाई मध्येनजर राखेर निर्धारण गरिएको बताउनुभयो।
अर्थव्यवस्था सुधारको मार्गमा सरकारका विभिन्न उपलब्धीहरूको चर्चा गर्दै वित्तमन्त्री सीतारमणले सरकारले 8 प्रतिशत विकास दरको लक्ष्य प्राप्त गर्ने दिशामा कार्य गरिरहेको जानकारी दिनुभयो।









































