नयाँ दिल्ली, 8 फरवरी 2020
प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद ठूलो समस्या भएको र भारत र श्रीलंकाले यस विरूद्ध यथोचित तरिकाले मुकाबिला गरेको बताउनुभएको छ। उहाँले दुवै देशले आतङ्कवाद विरूद्धको लडाईको लागि आपसी सहयोग विस्तार गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले आफ्ना श्रीलंकाली समकक्षी महिन्दा राजपक्षसँगको कुराकानी पश्चात् एउटा प्रेस वक्तव्य जारी गर्दै भारत र श्रीलंका आपसी सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले श्रीलंकाको विकास र शान्ति भारतको लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै छिमेकी प्रथम नीतिअन्तर्गत आपसी सम्बन्धहरूलाई बढाउन प्राथमिकता दिइने बताउनुभयो।
श्रीलंकाका प्रधानमन्त्रीले बैठकमा धेरै महत्त्वपूर्ण विषयहरूमा विचार-विमर्श भएको बताउनुभयो। उहाँले छिमेकी प्रथम नीतिको को लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो।
श्रीलंकाका प्रधानमन्त्री राजपक्ष पाँच दिने भारत भ्रमणका क्रममा हिजो नयाँ दिल्ली पुग्नुभएको हो।









































