कैलाली, 8 फरवरी 2020/ हिम शाह
धनगढी रंगशालामा पाँचौँ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ। शनिवार सुदूरपश्चिम 11 लाई 1–0- ले पराजित गर्दै स्टार सिटीले उपाधिमाथी कब्जा जमाएको हो। स्टार सिटीको उपाधिमा विक्रम सिंहले निर्णायक गोल गरे। विदेशी खेलाडी ओरियलको पासमा विक्रमले गोल गरेका हुन्।

प्रतियोगिताको विजेता बनेको स्टार सिटीले पाँच लाख नगद सहित ट्रफी र मेडल पाएको छ। उपविजेता बनेको सुदूरपश्चिम 11-ले 2 लाख 50 हजारमा प्राप्त गरेको छ।
माघ 17 गतेदेखि सुरु भएको पाँचौँ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शनिबार सकिएको छ।

स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको उत्कृष्ट खेलाडी बने। उनले नगद २५ हजार प्राप्त गरे। उत्कृष्ट प्रशिक्षक स्टार सिटीका कुमार शाही, उत्कृष्ट गोलरक्षक स्टार सिटीका प्रियम खड्का, उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल, सर्वाधिक गोलकर्ता स्टार सिटीका विक्रम सिंह भए।

त्यस्तै उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोहित सिंह भए। उनीहरूले जनही उत्कृष्टलाई 15–15 हजार रुपैयाँ पुरस्कार पाएका छन्।









































