अछाम, 8 फरवरी 2020/ हिम शाह
अछामको साँफेबगर नगरपालिका वडा नम्बर 10 घुघुरकोटमा स्वर्गीय गिरिजा प्रसाद कोईराला प्रतिक्षालयको शिलान्यास गरिएको छ। अछाम जिल्ला नेपाली काँग्रेस पार्टी सभापति भरत कुमार स्वारले घुघुरकोटको तुफान डाँडामा प्रतिक्षालयको शिलान्यास गर्नुभएको हो।

शिलान्यास कार्यक्रममा जिल्लाका पूर्व पार्टी सभापति मेघराज खड्का, महासमिति सदस्य राजन कुवर, प्रदेश सभा ‘क’ का सभापति राजेन्द्र कुंँवर, नगर सभापति गोकुल भाट, वडा पार्टी सभापति हेमकर्ण रावत, क्षेत्रिय सचिब भक्त कुँवर, नेता रेवन्त बोगटी, कबिराज जोशी, स्वास्थकर्मी बम भट्ट, पूर्व वडा सभापति प्रेम महता, डम्मर महता, खम्म खड्का, टोपराज खड्कालगायतको उपस्थीति रहेको थियो।









































