HomeFeatureजलवायु परिवर्तनको असर सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमाः उपप्रधानमन्त्री पोखरेल

जलवायु परिवर्तनको असर सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमाः उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौ, 9 फरवरी 2020

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जलवायु परिवर्तनको सिधा असर वनस्पती, वन्यजन्तु, जैविक विविधता, ताल तलैया, पोखरी तथा नदीमा परेको छ । खाध्य सुरक्षा र पानीको अभावमा आफ्नो थातथलो छोडेर बसाई सराई गर्नाले देशको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको छ ।’ उहाँले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय एजेण्डा भएको बताउनुभयो । जलवायु परिवर्तन हुनुमा विकशित राष्ट्रहरुको भूमिका बढी भएपनि त्यसको सबैभन्दा बढी असर नेपाल लगायतका मुलुकहरुमा परेको बताउनुभयो । उहाँले हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकोले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य एजेण्डा बनाइएको बताउनुभयो । उहाँले नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताउनुभयो । उहाँले अन्तर निकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोंच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पु¥याउने विश्वास समेत गर्नुभयो । उहाँले जलवायु परिवर्तन न्यूनिकरणमा नेपाललको भूमिकाको चर्चा कम भएको भन्दै त्यसलाई स्थापित गरी हिमाल र समुद्रबीचको सम्बन्ध निर्माण गर्न सगरमाथा संवाद सफल हुने बताउनुभयो । मन्त्री ज्ञवालीले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत बताउनुभयो । उहाँले सगरमाथा संवादमा विभिन्न मुलुकका राट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागि हुने बताउनुभयो । सगरमाथा संवाद प्रत्येक २/२ वर्षमा आयोजना गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...