HomeFeatureपुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राखिने

पुरातत्व सम्पदाको पुनर्निर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राखिने

काठमाण्डौँ, 9 फरवरी 2020

सरकारले पुरातत्व सम्पदाको पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक सामाग्रीलाई संग्राहलयमा राख्ने भएको छ। पुरातत्व विभागले आइतबार भूकम्पबाट क्षति भएका सम्पदाहरुको पुननिर्माणको अवस्थाबारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताउनुभएको हो। उहाँले त्यसका लागि ललितपुरको पाटन दरबार क्षेत्रमा संग्राहलय निर्माण भइसकेको समेत बताउनुभयो।

उहाँले नेपाल विश्व मानव सभ्यताको केन्द्र भएकाले मानव सभ्यता सम्बन्धी अध्ययन अनुसन्धानकर्ताले नेपालको संस्कृति, सभ्यता र पुरातात्विक सम्पदाको अध्ययन नगरी अनुसन्धान पुरा नहुने भएकाले पुननिर्माणमा प्रयोग नभएका पुरातात्विक वस्तुहरु संग्राहलयमा राख्न लागिएको बताउनुभयो। उहाँले भूकम्पबाट 31 जिल्लामा 9 सय 20 सम्पदा क्षति भएकोमा 4 सय वटाको पुननिर्माण सम्पन्न भएको र 1 सय 50 वटाको यसै आर्थिक वर्षमा सम्पन्न हुने र बाँकीको अवको 2 वर्ष भित्रमा निर्माण सम्पन्न गरी विश्व समुदायमा काम सम्पन्न भएको घोषणा गर्ने बताउनुभयो।

मन्त्री भट्टराईले नेपालमा संस्कृति, सभ्यता र प्राकृतिक पर्यटन मुख्य रहेको उल्लेख गर्दै पर्यटनको विकासका लागि पुरातात्विक सम्पदाको भूमिका बढाउनुपर्ने बताउनुभयो। त्यसका लागि उपत्यकाका सात वटै विश्व सम्पदा सुचिमा रहेका स्थलहरुलाई साइकल लेनले जोडिने समेत बताउनुभयो। त्यस्तै पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण र अवलोकन गर्न सकिने गरी ‘भ्याली वाइ नाइट’को काम भइरहेको समेत जानकारी दिनुभयो।

उहाँले पुरातात्विक क्षेत्रमा रहेका मानव वस्ती हटाइने, व्यापार गर्न नदिने लगायतका कामहरु गर्ने योजना रहेको समेत बताउनुभयो। त्यस्तै नेपालका कतिपय सम्पदाको अरु मुलुकले नक्कल गरेर गलत प्रचार गरेको उल्लेख गर्दै नेपालका पुरातात्विक सम्पदाको संरक्षण र प्रचार प्रसारमा सरकारले ध्यान दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...