रूपन्देही, 9 फरवरी 2020/ गोविन्द पोख्रेल
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल रूपन्देहीले पनि ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै शान्तिपूर्ण रूपमा विरोध जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)-का नेताहरूलाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको विरोधमा तरुण दल रुपन्देहीले सदरमुकाम भैरहवामा सिटी बजाउदै बजार परिक्रमा गरेको हो।
लगभग 500 मिटर लामो लाइनमा तरुण दलका यूवाहरूले पैदल यात्रा गर्दै बजार परिक्रमा गरेका हुन्। करिब 100/150 मिटरको दायरामा मोटरसाईकलमा सवार युवाहरूले पनि लामबद्ध रूपमा सिटी बजाउदै विरोध जनाएका थिए।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली काँग्रेस र काँग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरिरहेका छन्।









































